|  

संसदमा आज शीर्ष तीन नेताले सम्बोधन गर्ने, के-के छन् छलफलका एजेण्डाहरु ?

२४ फाल्गुन २०८०, बिहीबार ०९:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २४, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची छ ।

सत्ता समीकरण फेरिएपछि संघीय संसदको पहिलो बैठक बस्न लागेको हो । बैठकमा सभामुख देवराज घिमिरेले मन्त्रिपरिषद हेरफेरको पत्र पढेर सुनाउने कार्यसूची छ । सत्तापक्षमा रहेको नेपाली कांग्रेस सत्ता समिकरण बदलिएसँगै प्रतिपक्षमा पुगेको छ । यस्तै एमाले अध्यक्ष ओलीले पनि संसदमा सम्बोधन गर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

 

२४ फाल्गुन २०८०, बिहीबार ०९:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस