|  

एन्फा धादिङको लापरबाही गजुरी सामुदायिक बिकास समाज खेल खेल्नबाट बन्चित

५ चैत्र २०८०, सोमबार १०:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/दशाै धादिङ जिल्ला स्तरिय एन्फा लिग फुटबल प्रतियाेगिता प्रती गजुरी बासिन्दा र गजुरी सामुदायिक बिकास समाज द्रारा घाेर भर्सना ब्यक्त गरेको समाजसेवीहरुको भनाइ छ।

४ खेल खेल्दा खेल्दै १ खेलमा बाइ २ खेल बारबरी र १ खेल ३-१ ले जित्दा पनि ८ अङ्क सहित सेमी फाइनमा प्रवेश गर्दै गर्दा २०८०/१२/०५ गते हुने सेमिफाइनल खेल खेल्न बाट बन्चित गराएकाे प्रती गजुरी सामुदायिक बिकास समाजले बिरोध जनाएको छ।

फाल्गुन ३० गतेकाे खेल तालिका अनुसा भद्रकाली सामुदायिक बिकास समाज र गजुरी सामुदायिक बिकास समाज गजुरी बिच खेल बराबरी मा सकियाे। २०८०/१२/०३ गतेको खेलमा जित निकाले पछि गजुरी सामुदायिक बिकास समाजले सेमिफाइनलको यात्रा तय गरेको थियो ।

फागुन-३ गतेको जित पश्चात् गजुरी सामुदायिक बिकास समाजका ३० गतेको पहिलो खेल मात्र खेलेका १ जना खेलाडी माथि बिरोध जनाउँदै सम्पुर्ण टिमलाई सेमिफाइनल खेल खेल्नबाट बन्चित गराई गजुरी सामुदायिक बिकास समाजलाई खेल खेल्न नपाउने गराएको गजुरी सामुदायिक बिकास समाजले जनाएको छ।

५ चैत्र २०८०, सोमबार १०:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस