|  

रूसी सेनामा भर्ती भएका नेपालीलाई घर फर्काउन पहल गरिरहेका छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ

५ चैत्र २०८०, सोमबार १३:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले युक्रेनमा बन्दी भएका नेपालीलाई नेपाल फर्काउन सरकारले पहलकदमी गरिरहेको जानकारी दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यो समस्या समाधान गर्न आफूले वार्ता अघि बढाएको बताए । उनले रूसी सेनामा भर्ती भएका नेपालीहलाई घर फर्काउने, मृतकको शव नेपाल पठाउन रूसलाई अनुरोध गरिएको जानकारी दिए ।

परराष्ट्रमन्त्री श्रेष्ठले रूसले पनि क्षतिपूर्ति उपलब्ध गराउने प्रकृया प्रारम्भ गरेको जानकारी दिए । उनले केही देशबाहेक रुसलगायत देशमा परम्परागत सम्झौताअनुसार सेना भर्र्ती गर्ने सम्झौता नभएको उनले उल्लेख गरे ।

५ चैत्र २०८०, सोमबार १३:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस