|  

टी–२० विश्वकपको तयारी : आयरल्यान्डविरुद्धको शृङ्खलाका लागि नेपाली टोलीको घोषणा

७ चैत्र २०८०, बुधबार १३:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपाल क्रिकेट संघ क्यान ले टेस्ट राष्ट्र आयरल्यान्ड ‘ए’ सँग खेल्ने दुई टी–२० क्रिकेट शृंखलाका लागि टोली घोषणा गरेको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।

टोलीमा रोहितसँगै आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, प्रतिश जीसी, अविनाश बोहरा, आकाश चन्द, सन्दीप जोरा र विवेक यादव छन् ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीका लागि आयरल्यान्ड ‘ए’ सँग शृंखला खेल्न लागेको हो । खेलका लागि आयरल्यान्डको टोली नेपाल आउनेछ । टी–२० खेल कीर्तिपुर मैदानमा चैत ११ र १२ गते हुनेछ । त्यसपछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच टी–२० हुनेछ । त्यस्तै नेपाल ‘ए’ ले आयरल्यान्डसँग १५, १६ र १८ गते तीन खेलको एकदिवसीय श्रृंखला खेल्नेछ ।

 

७ चैत्र २०८०, बुधबार १३:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस