|  

उत्तरी चीनमा दुतसेवाको सुरुङमार्गभित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३७ घाइते

७ चैत्र २०८०, बुधबार १४:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । उत्तरी चीनमा दुतसेवाको सुरुङमार्गभित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

मङ्गलबार दिउँसो २ः३० पछि दुर्घटना भएको सरकार नियन्त्रित प्रसारक सिसिटिभीले साङ्क्सी प्रान्तका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ । अधिकारीका अनुसार ५१ जना यात्रु बोकेको बस सुरुङको भित्री पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो ।

७ चैत्र २०८०, बुधबार १४:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस