|  

विश्वकप छनोटमा नेपाल बहराइनसँग ५-० ले पराजित

९ चैत्र २०८०, शुक्रबार ०८:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र ९, काठडमाडौँ । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल घरेलु टोली बहराइनसँग पराजित भएको छ । शुक्रबार बिहान बहराइनको रिफ्फा सहर स्थित बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको हो ।

बहराइनको जितमा माहदी अल हुमाइदान, सायद बाकर, अली मादन र इब्राहिम अलखताल समान १-१ गोल गरे । पहिलो हाफमा ३ गोल गरेको बहराइले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो ।

नेपाल समूह ‘एच’ मा लगातार तेस्रो खेलमा पराजित भयो । यसअघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको हो। बहराइनको भने दोस्रो जित हो ।

सुरुवाती दोस्रो मिनेटमै गोल ब्यहोरेको नेपालले ८ मिनेटमा पुन अर्को गोल ब्यहोरेको थियो ।

यस समूहमा शतप्रतिशत जितसहित यूएई अंक तालिकाको शीर्ष स्थानमा छ । यूएईले ३ खेलबाट ९ अंक जोडेको छ । जितसँगै बहराइनको समान खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । बहराइनले यसअघि यमनलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

समान खेलबाट यमन ३ अंकसहित तेस्रो स्थानमा छ । नेपाल भने जितविहीन र अंकविहीन रहेको छ ।

९ चैत्र २०८०, शुक्रबार ०८:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस