|  

भरतपुरमा तेस्रो प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता मुख्यमन्त्री जमकट्टेलद्वारा उद्धघाटन

१० चैत्र २०८०, शनिबार १५:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चितवन । तेस्रो प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता २०८० को उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नुभएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार भरतपुरमा प्रज्ञा स्मृति साइक्लिङ एमटिबी क्रसकन्टी ओलम्पिक प्रतियोगिता एमटिब–एक्ससिओ सुरु भएको हो ।

आयोजक प्रज्ञा स्मृति प्रतिष्ठान, प्रकाश दाहाल र ज्ञानु दाहालको नाममा स्थापित संस्था हो । प्रतियोगिताका संयोजक सन्तु दराइले यस संस्थाले खेलकुदबाहेक अन्य विभिन्न समाजिक कार्य गरिरहेको भएपनि हाल खेलकुदमा बढी केन्द्रित भएको छ, भने ।
उनले भरतपुर भ्रमण वर्ष मनाउने क्रममा चितवनमा साइक्लिङ आयोजना गर्न लागेको जानकारी पनि दिए । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष घोषणा गरेको छ ।

यस प्रतियोगितामा इलाइट पुरुष र महिला, पुरुष मास्टर्स ४० वर्षमाथि, जुनियर पुरुष १७ र १८ वर्ष तथा चितवन विषेश महिला र पुरुष विधा रहनेछ। जसमा राष्ट्रियस्तरका स्वदेशी र विदेशी गरी करीब १ सय ५० जना साइक्लिस्टले सहभागिता जनाउने बताइएको छ ।

यो प्रतियोगिता मलेसियामा हुने एसियन माउन्टेन बाइक च्याम्पियन्सीप २०२४ को छनोट प्रतियोगिता पनि हो। यस प्रतियोगितामा पुरुष र महिला विधाका विजेता एसियन माउन्टेन बाइक च्याम्पियन्सीप खेल्न योग्य हुने बताइएको छ । मलेसियाको पुत्रजयमा सो प्रतियोगिता मे ७ देखि १२ तारिखसम्म हुनेछ। विजेताहरुले मलेसियाको टिकटसँगै ट्रफी र नगद पुरस्कार पनि प्राप्त गर्नेछन् ।

पुरुष र महिला इलाइटमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपियाँ पाउनेछन् ।

साईकल चलाऔं,वातावरण जोगाऔ,स्वस्थ रहौं भन्ने नारा सहित आयोजना गरिएको र्याली नारायणी नदी किनारबाट शुरु भई ऑपटारी चोक विशालचोक, केनद्रीय बस टर्मिनल, हामिकचोक, चौवीसकोठी, शहीदचोक, पुल्चोक हु‘दै पुनः नारायणी किनारमा पुगेर समापन भएको थियो । साईकल र्यालीमा २ सय भन्दा बढी साईकल राईडरहरु सहभागि भएका थिए ।
उद्घाटनमा मुख्यमन्त्री जमकट्टेलले सबै खेल क्षेत्रमा बागमती प्रदेश अब्बल रहेको बताउँदै गौतम बुद्ध क्रिकेट रंगशालाको काम पनि छिट्टै सम्पन्न गरिने बताउनुभयो ।

१० चैत्र २०८०, शनिबार १५:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस