|  

नेपाल क्रिकेट सङ्घ क्यान ले आयरल्यान्ड ‘ए’सँग खेल्ने नेपाल ‘ए’ टिमको घोषणा

११ चैत्र २०८०, आईतवार १२:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपाल क्रिकेट सङ्घ क्यान ले आयरल्यान्ड ‘ए’ सँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ। नेपाल ‘ए’ टिमले आयरल्यान्ड ‘ए’ टिमसँग टी २० र एकदिवसीय सिरिज खेल्दै छ।

टी २० सिरिज खेल्ने नेपाली ‘ए’ टिममा विनोद भण्डारी कप्तान, लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

नेपाल ‘ए’ ले मार्च २८ , २९ र ३१ मा आयरल्यान्ड ए सँग टी २० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ। त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्यान्ड ‘ए’ सँग मार्च २५ र २६ मा टी २० खेल खेल्ने तालिका रहेको छ।

११ चैत्र २०८०, आईतवार १२:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस