|  

ट्याक्सी दुर्घटना अपडेट : मृत्यु हुने सबैको पहिचान, एकजना बेपत्ता !

१७ चैत्र २०८०, शनिबार ०९:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र १७, चितवन । आज त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैजनाको पहिचान खुलेको छ । उनीहरु सबै गोरखा घर भएका बुझिएको छ । मृतक मध्ये ४ जना एकैपरिवारका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । १८ वर्षका दिवस रोकाए भने त्रिशुली नदीमा हराइरहेका छन् । भने ट्याक्सी चालक गोरखा ७ कै ३५ वर्षका अर्जुन शिर्मल रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

 

१७ चैत्र २०८०, शनिबार ०९:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस