|  

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि, प्रतिलिटर मुल्य कति ?

३ बैशाख २०८१, सोमबार २२:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ३, काठमाण्डौँ । नेपाल आयल निगम लिमिटेडले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर तीन रुपयाँले वृद्धि गरेको छ ।

मूल्यवृद्धि पछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७८ रुपैयाँ र डिजेल तथा मट्टितेल समान एक सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद दर आउँदा पेट्रोल दुई रुपैयाँ ९६ पैसा र डिजेल तीन रुपैयाँ ४६ पैसा प्रतिलिटर बढेर आएकाले निगम संचालक समितिबाट मूल्यवृद्धिको निर्णय गरिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

यसअघि १८ चैतमा पनि पेट्रोलको भाउ चार रुपैयाँ प्रतिलिटर वृद्धि गरिएको थियो ।

३ बैशाख २०८१, सोमबार २२:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस