|  

दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

४ बैशाख २०८१, मंगलवार ०८:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ४, काठमाडौँ । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले डिआइजी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।

एआइजीद्धय मिरा चौधरी र सन्दीप भण्डारी यही साता अवकाशमा जाँदैछन् । भण्डारी मंगलबार र चौधरी वैशाख ६ गतेबाट अवकाशमा जाने तयारीमा छन् । सोही रिक्त पदमा प्रहरी प्रधान कार्यालयले दुई जनालाई बढुवा गर्न सिफारिस गरेको हो ।

त्यस्तै, प्रहरी प्रधान कार्यालयले प्राविधिकतर्फ दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा सिफारिस हुनेमा केनाइन उपसमूहतर्फ डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन् ।

४ बैशाख २०८१, मंगलवार ०८:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस