|  

सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँ पुग्यो

४ बैशाख २०८१, मंगलवार ११:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलामा एक लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । हिजो सुनको भाउ तोलाको एक लाख ३७ हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

४ बैशाख २०८१, मंगलवार ११:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस