|  

नेपाल एक खेल अघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता

५ बैशाख २०८१, बुधबार ०५:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ४, काठमाण्डौँ । नेपाल एक खेल अघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता बनेको छ । आज भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल समूह ए को विजेता बनेको हो । ३ खेल खेलेको नेपालको ६ अङ्क छ । ४ खेल खेलको कतारको ४ अङ्क र ३ खेल खेलेका साउदी अरेबिया, मलेसियाको र हङकङको २–२ अङ्क छ ।

अन्तिम खेलमा नेपाल पराजित भए पनि नेपालको ६ अङ्क कायम रहनेछ । नेपालले भोलि साउदी अरेबियासँग खेल्दैछ । यो प्रतियोगिताको विजेता टोलीले एसियाकप खेल्न पाउनेछ ।

५ बैशाख २०८१, बुधबार ०५:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस