|  

अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहन्छ : प्रधानमन्त्री दाहाल

५ बैशाख २०८१, बुधबार १३:५४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्को निर्वाचन नहुँदासम्म अहिलेकै सरकार कायम रहने बताएका छन्।

मंगलवार नेपाल उद्योग परिसंघको २१औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सञ्चारमाध्यममा यदाकदा हुने सरकार परिवर्तनका टिप्पणीलाई गम्भीरतापूर्वक लिन जरुरी नरहेको बताए।

उनले सरकार परिवर्तन हुने तनाव उद्योगी व्यवसायीहरुले लिन आवश्यक नरहेको पनि बताए। उनले प्रधानमन्त्री रहँदासम्म मन्त्रीमण्डल पुनःगठन हुनुलाई अस्थिरताको रुपमा बुझ्न नहुने पनि बताए।

५ बैशाख २०८१, बुधबार १३:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस