|  

एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदै

५ बैशाख २०८१, बुधबार १४:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदैछ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको दोस्रो मैदानमा हुने यो खेल ८–८ ओभरको हुने भएको छ ।

यो खेल नेपाली समय अनुसार सवा २ बजेदेखि शुरु हुने भएको छ । गए राति ठूलो बर्षा भएकोले आज खेल हुने पिचमा क्षति पुगेको कारण समयमा खेल शुरु हुन नसकेको हो । नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समूह ‘ए’ मा ६ अंकसहित समूह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । नेपालका लागि यस खेलको नतिजाले अब कुनै असर नगर्ने भएको छ ।

५ बैशाख २०८१, बुधबार १४:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस