|  

तपाईंको आजको दिन : आजको राशिफल

२० श्रावण २०७८, बुधबार ०७:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । आज २०७८ साल श्रावण महिनाको २० गते बुधबार, श्रावण कृष्णपक्षको एकादशी तिथि, आज कामिका एकादशी व्रत रहेको छ । अब लागौं आजको राशिफलफर्त :

मेष
मन दृढ खालको हुने छ भने सोचेका कुराप्रति पुरै केन्द्रीत हुने स्वाभाव हुने छ । आम्दानीका मार्गहरु पहिल्याउन र क्रियाशिल हुन मन केन्द्रीत हुने छ । पेशागत जीवनमा सकारात्मक नतिजा प्राप्त हुने छ, उन्नति तथा प्रगति प्राप्त हुने छन् ।

वृष
नरम खालको व्यक्तित्व हुने छ । तर अनपेक्षित रिसका क्रम देखा पर्ने विषयमा संयमित रहनु होला । मनमा दृढता रहँदा रहँदै पनि बेला–बेलामा अस्वाभाविक खालको निराशाका क्रम ह्वात्त आउन जाने छ । पेशागत जीवन सकारात्मक रहने छ भने आम्दानीमा पनि बृद्धि देखा पर्ने छ ।

मिथुन
बोलीको प्रभाव बढ्ने छ । मनमा भने खिन्नताको मात्रा बढ्ने हुँदा नकारात्मक विचारले मनमा सताउने छ । भाग्यको साथ नभएको आभाष हुने हुँदा कार्य क्षेत्रमा निराशा पैदा गराई दिने छ । पेशागत काममा यात्रारत रहनु पर्ने छ । मेहनति र पराक्रमी स्वाभावमा बढोत्तरी हुने छ ।

कर्कट
बौद्धिक क्षमतामा बृद्धि हुँदा सबैले कदर गर्ने छन् । मनमा साहसका मात्रा बढ्न जाँदा जाँदै पनि भाग्यहिनताको आभाष हुने हुँदा कार्य क्षमता र उन्नतिमा व्यवधानहरु आउने छन् । साझेदारीमा गरिएका कामहरुमा सकारात्मकता नतिजा आउने छ । जीवनसाथिको साथमा कार्यहरु अघि बढाएमा सफलताका मात्रा थपिने छ ।

सिंह
पेशागत जीवन मध्यम प्रकारमा केही सकारात्मक प्रकारको रहने छ । पेशागत क्षेत्रबाट मान सम्मान भने प्राप्त हुने तथा आफ्नो भुमिकामा केही बृद्धि हुन जाने छ । साहसी खालको व्यक्तित्व हुने छ तर रिस कडा खालको हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु होला ।

कन्या
मनोबलमा कमि आउने छ । सोचे जस्तो आम्दानी हुने छैन भने राखिएका लक्ष्यहरु प्राप्तिमा पनि अवरोधहरुको सामना बढि नै गर्नु पर्ने छ । विदेश यात्रा सकारात्मक बन्न जाने छ । पेशागत जीवनमा भने केही सकारात्मकता देखिने हुँदा राहत मिल्ने छ ।

तुला
आम्दानीमा केही बृद्धि हुन जाने छ । पेशागत जीवनमा पनि उन्नति हुने र सकारात्मक परिणामहरु देखा पर्ने छन् । मनमा भने उदासिनताको मात्रा आउने देखिएकाले सकारात्मक सोचलाई अघि बढाउन ध्यान केन्द्रीत गर्नु उपयुक्त हुने छ ।

वृश्चिक
पेशागत जीवनमा सकारात्मक परिणामहरु देखा पर्ने छन् । सुख सुविधा प्राप्त हुने छ भएता पनि मनमा भने सात्विकत विषयहरुमा रुचि लाग्ने छ । साझेदारीमा गरिएका कामहरुबाट सकारात्मक नतिजाहरु आउने छन् । मनमा भने भारीपनाले सताउँदा खुशीपनामा कमि आउने छ ।

धनु
बोलीको प्रभावकारितामा पनि कमि आउने भएकाले संयमित रहने प्रयास गर्नु होला । मनमा दुविधाका मात्रा धेरै बढ्न जाने छ । पेशागत जीवनमा उतार चढाव आउने चुनौति रहेकाले पेशागत कामहरुमा संयमताको खाँचो देखिन्छ । भाग्यहिनताको अनुभुतिले गर्दा मनमा निराशा केही आउने छ ।

मकर
जीवनसाथिको परामर्श र सहभागितामा काम गरेमा फाइदा मिल्ने छ । साझेदारीमा गरिएका कामबाट शुभ नतिजाहरु आउने छन् । पेशागत जीवनमा अपेक्षा नै नगरिएका कठिनाईहरु देखा पर्ने भएकाले संयमित रहनु होला । मनमा दृढता आउने छ । रिस धेरै उठ्ने भएकाले यस बारेमा ध्यान दिनु होला ।

कुम्भ
बौद्धिक दायरामा पनि बृद्धि हुने छ । मनमा सात्विकताका मात्रा बढ्न जाने छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुने छैन् । विदेश यात्राका सन्दर्भमा प्रगति हुने छ । आम्दानीमा केही बृद्धि देखा पर्ने छ । पेशागत जीवनमा भने उन्नति हुने र बढि भुमिका प्राप्त हुने छ ।

मीन
पेशागत क्षेत्रमा संयमित भएर पाइला चाल्नु पर्ने देखिन्छ । पेशागत जिम्मेबारीसहित विदेश यात्राको सम्भावना देखिन्छ । प्रतिष्पर्धात्मक व्यक्तित्व बन्ने छ । साझेदारीमा गरिएका कामबाट फाइदा मिल्ने छ । आम्दानीमा बृद्धि हुने छ भने राखिएका लक्ष्यहरु प्राप्त हुन जाने छ ।

२० श्रावण २०७८, बुधबार ०७:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस