|  

कस्तो हुनेछ आजको दिन ? हेर्नुहोस् राशिफल

२३ श्रावण २०७८, शनिबार ०८:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वि.सं.२०७८ साल साउन २३ गते । शनिवार । ईश्वी सन् २०२१ अगष्ट ०७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– चतुर्दशी, बेलुकी ०६ बजेर २१ मिनेट उप्रान्त औशी । नक्षत्र– पुनर्वशु , बिहान ०८ बजेर २८ मिनेट उप्रान्त तिष्य । योग– सिद्धि, रातको ०१ बजेर ५८ मिनेट उप्रान्त व्यातिपात । करण– भद्रा, बिहान ०५ बजेर ५६ मिनेट उप्रान्त शकुनी, बेलुकी ०६ बजेर २१ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–छत्र योग । चन्द्रराशि– कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४६ मिनेट । दिनमान ३३ घडी ११ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेपनि राम्रा काम गर्न सकिनेछ । कृषि,सहकारी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । लामो दुरिको यात्राको तय हुनेछ । आफन्त तथा आमासँग सामान्य मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सुचना प्रविधीको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । समय तथा भाग्यले साथ दिने हुँदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारमा मन्दी आउने तथा लगानी गर्नको लागी केही समय पर्खदा राम्रो हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा शंका बढ्ने योग रहेकोछ । मेहनेतको फल अरुले हत्याउन कोसिष गर्नेछन् ख्याल गर्नुहोला । राम्रो बोल्दा बोल्दै गलत व्याख्या गरी दुख दिनेहरु सक्रिय हुनेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनीतिज्ञको लागी समय राम्रो रहेकोछ । पुराना कमिकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्यातित हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धन तथा भौतिक सम्पती हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तापनी लामो दुरिको विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशी सामानकोे व्यापार फस्टाएर जानेछ । दैनिक खर्च बढ्ने तथा भैपरि आउने समस्याले सताउनेछ । स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेकोछ । सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पैत्रिक धनको प्रयोग मार्फत व्यावसाय गरी रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । अध्ययन तथा अनुशन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पुराना विवादलाई सल्टाउन तपाईँको महत्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ । शुभचिन्तक तथा परिचित व्याक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पतीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समाजमा राम्रा काम गर्दागदै प्रतिश्पर्धिहरुले खुट्टा तान्नेछन् । खोजीमुलक क्षेत्रमा नतिजा हात पार्नको लागी अढिनै खट्नु पर्नेछ । अग्रज तथा धार्मिक क्षेत्रमा मानिससँग बिवाद हुनसक्छ । शैक्षिक तथा धार्मिक यात्रा हुने भएपनि यात्राको क्रममा कष्टको सामना गर्नुपर्ने हुनसक्छ ध्यान दिनुहाला । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउनेछ । व्यापार व्यावसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । पढाइ लेखाइमा मन नजानाले नतिजा आफुतिर ल्याउन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगती हुनेछ । प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) न्यायिक निर्णयहरु तपाईँको पक्षमा आउनेछ । कार्यक्षेत्रमा केही विषयमा विवाद भएपनि तपाईँको भनाई तथा रायलाई स्वीकार्दै जाने सहमती जुट्नेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइ सफलताकै मार्गमा अगाडी बढ्नेछ । प्रयन्न गर्दा राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । तपाईंको खुट्टा तान्ने तथ कुरा काट्नेहरु तपाईंकै प्रशङसा गर्दै हिड्नेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मन परेको मानिससँग मनमुटाब बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा लगानी गर्नको लागी केही समय पर्खनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । अरुको भर पर्नाले अवसर गुम्नेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा आजको दिन मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

२३ श्रावण २०७८, शनिबार ०८:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस