|  

गजुरी आदर्श मा.बि. गजुरीको दशैँ विशेष कार्यक्रम सम्पन्न

२८ आश्विन २०८०, आईतवार १९:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरेव गाउँपालिका वडा नं १ मा रहेको आदर्श माध्यमिक विद्यालयले विजया दशमीको पहिलो दिन विद्यालयको प्राङणमा सभ्य र भव्य तरिकाले शुभकामना आदानप्रदान तथा दशैँ विशेष विविध संस्कृतिक कार्यक्रम आयोजना गरेको छ !

गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेश लाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा पालिका उपाध्यक्ष श्री शर्मिला विसुराल र वडा नं १ का अध्यक्ष श्री तारा भण्डारीको विशेष आतिथ्यता, वडा नं १ का वडा सदस्यहरू श्री सुधीर खरेल र मैया डल्लाकोटी, विव्यस सदस्यहरू, शिक्षक अभिभावक संघका अध्यक्ष कुलबहादुर दुवाडी लगायत अन्य सदस्यहरू, अभिभावक शिक्षाप्रेमी तथा अन्य समाजसेवीहरूको आतिथ्यता रहेको थियो ।

बिहान ११ बजे सुरु भएको कार्यक्रममा विद्यार्थीहरूले विविध सास्कृतिक नृत्य, गायन र नाटक प्रस्तुत गरेका थिए ! विद्यार्थीले प्रस्तुत गरेको नाटक हेरेर उपस्थित दर्शकहरू ज्यादै भावुक बन्न पुगेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गणेशलाल श्रेष्ठज्यूले पालिका सरकार शिक्षाको विकासको लागि ज्यादै गम्भीर रहेको कुरा उल्लेख गर्दै शिक्षा र संस्कृति अभिन्न रहेकाले हरेक विद्यालयले शिक्षाको साथै संस्कृतिको संरक्षण गर्न समेत विद्यार्थीहरूलाई सिकाउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।

विद्यालयले शिक्षा र संस्कृतिलाई अभिन्न मान्दै विद्यार्थीहरूमा असल संस्कारको विकास र संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दै विद्यालयका प्रधानाध्यापक श्री सुरेशकुमार बस्नेतले विद्यार्थी, शिक्षक, अभिभावक लगायत सम्पूर्ण शुभेच्छुक र सरोकारवालाहरूलाई विजया दशमीको शुभकामना व्यक्त गर्नुभएको थियो ।

करिब ४ घण्टासम्म संचालन भएको कार्यक्रममा विशिस्ट अतिथि शर्मिला बिसुराल, अतिथिहरू सुधीर खरेल, कुमार श्रेष्ठ, कुलबहादुर दुवाडी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने बेलुकीको करिब ३ बजे सभाध्यक्ष राजकुमार उप्रेतीबाट आफ्नो शुभकामना मन्तब्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

२८ आश्विन २०८०, आईतवार १९:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस