|  

‘अहिलेको सरकारलाई कमजोर र असफल हुने छुट छैन’ : महेश बर्तौला

२४ फाल्गुन २०८०, बिहीबार १२:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २४, काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको सरकारलाई कमजोर र असफल हुने छुट नभएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सदनमा आसनहरु परिवर्तन भएपनि भूमिका र जवाफदेहीता नफेरिएको भन्दै सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रा आसनहरु परिवर्तन भएका छन्, भूमिकाहरु परिवर्तन भएका छन् तर जवाफदेहीता हाम्रो फेरिएको छैन् । जनताप्रतिको कर्तव्यमा परिवर्तन भएको छैन् । त्यसकारण यो सरकारले देश र जनतालाई केन्द्रमा राख्नुपर्छ । विकास, समृद्धि, सुशासन र सामाजिक न्यायलाई लक्ष्य बनाएर काम गर्नुपर्छ । यो सरकालाई कमजोर हुने, असफल हुने छुट छैन् । जनताको हितमा काम गर्ने सार्माथ्य राख्नुपर्छ ।’

 

२४ फाल्गुन २०८०, बिहीबार १२:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस