|  

सोमालियाको राजधानीमा भिडन्त, तीनको जनाको मृत्यु, चार बिधायकसहित २७ घाइते

३ चैत्र २०८०, शनिबार ०८:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सोमालियाको राजधानी मोगादिसुबाट एउटा हृदयविदारक खबर बाहिर आएको छ । स्थानीय पुलिसका अनुसार राष्ट्रपति भवन नजिकैको एक प्रसिद्ध होटल अल शबाबमा जिहादीहरूले निशाना बनाएका हुन् । सो क्रममा तीन जनाको मृत्यु भएको छ ।

आधुनिक हतियार लिएर आएका जिहादीहरूले राति होटलमा गोली प्रहार गरेका थिए। होटलको नाम एसवाईएल रहेको बताइएको छ । सो घटनापछि शुक्रबार सुरक्षा बलहरूले पछिल्लो १३ घण्टाको कडा संघर्षपछि स्थितिलाई नियन्त्रणमा लिएको बताए । सोमालियाका प्रहरी प्रवक्ता कर्णेल कासिम अहमद रोबेलले पत्रकार सम्मेलनमा भने, ‘आक्रमणमा तीन जनाको मृत्यु भएको छ र २७ जना घाइते भएका छन् । घाइते हुनेमा १८ जना सर्वसाधारण र ९ जना नाविक रहेका छन् ।’

३ चैत्र २०८०, शनिबार ०८:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस