|  

एकीकृत समाजवादीले पहिलो महाधिवेशन सफल बनाउन १३ समिति गठन

५ चैत्र २०८०, सोमबार ०६:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


पहिलो महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न नेकपा एकीकृत समाजवादीले १३ वटा समिति गठन गरेको छ।
महाधिवेशन व्यवस्थापन समितिको संयोजकमा अध्यक्ष माधवकुमार नेपाल र अतिथि सत्कार समितिको संयोजकमा झलनाथ खनाललाई जिम्मेवारी दिइएको छ।

प्रतिनिधि व्यवस्थापन समितिमा वेदुराम भुसाल, अर्थ परिचालनमा प्रमेश हमाल, संस्कृति तथा कला साहित्य समितिमा रामचन्द्र झा र जनपरिचालन तथा यातायात समितिमा विजय पौडेल रहेका छन्। यस्तै प्रचार-प्रसार समितिमा जगन्नाथ खतिवडा, र स्वास्थ्य समितिको जिम्मेवारी नागेन्द्र चौधरीलाई दिएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

यसैगरी, आवास व्यवस्थापन समितिमा सावित्रा भुसाल, खाद्य व्यवस्थापनमा केदार सञ्जेल, मञ्च व्यवस्थापनमा गंगालाल तुलाधर, स्वयंसेवक परिचालनमा केशवबहादुर विष्ट र सचिवालय व्यवस्थापनमा घनश्याम भुसाललाई संयोजक तोकिएको छ।

पार्टीका अध्यक्ष नेपाल संयोजक रहेको महाधिवेशन व्यवस्थापन मूल समितिमा केन्द्रीय समिति र आयोगका सबै पदाधिकारी रहने व्यवस्था गरिएको छ।

एकीकृत समाजवादीको पहिलो महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म हुने तय भएको छ।

५ चैत्र २०८०, सोमबार ०६:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस