|  

नाइजेरियामा अपहरणमा परेका १ सय ३७ जना बालबालिका रिहा

१२ चैत्र २०८०, सोमबार १३:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नाइजेरियामा यो महिनाको सुरुवातमा हतियारधारी समूहद्वारा अपहरण गरिएका कम्तीमा १ सय ३७ जना बालबालिकालाई रिहा गरिएको छ । काडुना राज्यका गभर्नर उबा सानीले आइतबार यसबारे जानकारी दिएका हुन् ।

कब्जामा रहेका बेला एक शिक्षकको भने मृत्यु भएको उनको भनाई थियो । मृत्युको कारण भने उनले खुलाएनन् । गत मार्च ७ मा कुरिगा गाउँमा रहेको एलईए प्राइमरी एन्ड सेकेण्डरी स्कुलमा अध्ययनरत ३ सयभन्दा बढी विद्यार्थीलाई हतियारधारी समूहले अपहरण गरेको बताइएको थियो । सो समूहले ६ लाख २० हजार अमेरिकी डलर फिरौती माग्दै सबै बालबालिकालाई मारिदिने धम्की दिएका थिए ।

 

१२ चैत्र २०८०, सोमबार १३:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस